हाम्रो बारेमा

महिला तथा बालबालिका कार्यालय मोरङको जानकारी

आ.ब. २०४१÷०४२ मा मोरङ जिल्लाको साविक बयरबन गा.वि.स.मा महिला विकास शाखाको रुपमा यो कार्यालयको स्थापना गरिएको हो ।

आ.ब. २०४१÷०४२ मा मोरङ जिल्लाको साविक बयरबन गा.वि.स.मा महिला विकास शाखाको रुपमा यो कार्यालयको स्थापना गरिएको हो । महिला विकास कार्यक्रम आ.व. २०३९÷४० मा सुरु भएपछि महिला सशक्तिकरणको सपना साकार गर्न ग्रामीण क्षेत्रलाई मध्यनजर गरी बयरबनमा यस कार्यालय खोलिएको पाइन्छ । वि.सं २०६०÷१२÷२६ गतेका दिन मोरङ जिल्लाको सदरमुकाम बिराटनगरमा महिला विकास कार्यालयको स्थानान्तरण गरियो । महिलाको मात्र सशक्तिकरण र विकासमा सीमिति महिला विकास शाखाले अहिले आएर दायरा फराकिलो बनाएको छ ।

बालबालिका, जेष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा समेत काम शुरु गरे सँगै महिला विकास शाखाबाट यो कार्यालय महिला तथा बालबालिका कार्यालयमा रुपान्तरण हुन पुगेको छ । बिराटनगरको व्यस्त बजार देबकोटा चौक वडा नं १० मा भाडामा रहेको यो कार्यालय २०६८ साल फागुन २६ गते विराटनगर ४ स्थित आयल निगम भन्दा केही उत्तर पूर्व औषधी व्यवस्था विभागको कार्यालय नजिकै आफ्नै भवनमा सारिएको छ । यस कार्यालयको कूल दरबन्दी सङ्ख्या १ जना प्रमुख महिला विकास अधिकृत, १ जना बाल संरक्षण अधिकृत, १ जना महिला विकास अधिकृत, १ जना लेखापाल, ४ जना महिला विकास निरीक्षक, १३ जना सहायक महिला विकास निरीक्षक, २ जना कार्यालय सहयोगी र १ जना सवारी चालक सहित जम्मा २४ जनाको रहेको छ ।

ईतिहास

अन्तर्राष्ट्रिय नारी वर्ष (१९७५) र संयुक्त राष्ट्रसङ्घीय नारी दशक (१९७६–८५) ले विश्वव्यापी रूपमै महिलालाई विकासको मूलप्रवाहमा ल्याउने कार्यकलापको लहर सृजना गर्‍यो ।

मेक्सिको सिटीमा अन्तर्राष्ट्रिय नारी वर्ष विश्व महिला सम्मेलन आयोजना गरेर मनाइयो । न्यु योर्कमा महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मूलन गर्ने सम्बन्धी महासन्धि, १९७९ ग्रहण गरियो ।

ऐन तथा नियमहरु

ऐन तथा नियमहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ

Read more
नीति तथा निर्देशिका

नीति तथा निर्देशिकहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ

Read more
प्रतिबेदन

प्रतिबेदनहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ

Read more
कागजातहरु

>कागजातहरु संग सम्बन्धित फाइलहरु तल दिएको लिंक बाट पुरा पढ्न वा डाउनलोड गर्न सकिन्छ

Read more